• Monday 5th of October 2026

वर्षाका कारण रोकिएको भारत-पाकिस्तान भिडन्त सुचारु हुँदै, ओभर नघट्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत-पाकिस्तान भिडन्त केही बेरमा सुचारु हुने भएको छ । नेपाली समयअनुसार ४ बजेर ५५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि आइतबार भारतले २४.१ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल रोकिएको थियो ।

रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण झन्डै डेढ घण्टा खेल सुरु हुन लागेको हो । यो खेलमा दुवै टोलीले ५०/५० ओभर ब्याटिङ गर्ने छन् ।

भारतले खेल रोकिनुअघि २ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖