• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आयरल्यान्ड वुल्भ्सविरुद्ध कमलले इनिङको दोस्रो बलमै लिए कप्तानको विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ का कमलसिंह ऐरीले इनिङको दोस्रो बलमै विकेट लिएका छन् ।
चोटका कारण दुई वर्ष मैदानबाट बाहिर रहेका कमलले सानदार पुनरागमन गर्दै इनिङको दोस्रो बलमा वुल्भ्सका कप्तान नेइल रकलाई पभेलियनको दिशा देखाए ।

कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन)मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध इनिङको पहिलो ओभरमा नै बलिङ गर्ने अवसर पाएका हुन् । खेलमा टस हारेर ब्याटिङ गरिरहेको आयरल्यान्डले दुई ओभरको समाप्तिमा एक विकेट गुमाएर १८ रन बनाएको छ ।

यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ ।

तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖