• Monday 5th of October 2026

भारत र पाकिस्तानबीचकाे खेल शुरु, ओभर नघट्ने


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारत र पाकिस्तानबीचकाे खेल शुरु भएकाे छ ।

हिजाे साेमवार वर्षाका कारण राेकिएकाे खेल अहिले शुरु भएकाे हाे । वर्षा राेकिएपछि मैदानकाे निरीक्षण गर्दै अम्पायरहरूले खेलमा ओभर कटाैती नहुने बताएका छन् । हिजाे खेल राेकिँदा भारतले २५ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे थियाे । भारतले यही अवस्थाबाट ब्याटिङ थालेकाे छ ।

अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । भारत र पाकिस्तानबीचकाे खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा आजका लागि ‘रिजर्भ डे’ राखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖