• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को चौथो विकेट लिएको छ ।

आयरल्यान्डको चौथो विकेट कमलसिंह ऐरीले लिएका हुन् । उनले आयरल्यान्डका चौथो नम्बरका ब्याट्सम्यान स्टिफन डोहेनीलाई सागर ढकालद्वारा क्याच गराएका थिए ।

कमलले लिएको यो दोस्रो विकेट हो । डेहोनीले पेभेलियन फर्किनुअघि केवल १६ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । १४‍.४ ओभरमा डेहोनी आउट हुँदा आयरल्यान्डले एक सय ४७ रन बनाएको छ ।

नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖