• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दुई ओभरमा नेपालले गुमायो दुई विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपालले दुई ओभरमा दुई विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले छैटौँ र सातौँ ओभरमा लगातार विकेट गुमाएको हो ।

नेपालले ५.६ ओभरमा कप्तान विनोद भण्डारीलाई र ६.२ ओभरमा देव खनाललाई गुमाएको हो । विनोदले टिमको खातामा १६ रन थप्दा देव भने ‘गोल्डेन डक’ भए ।

जारी खेलको सात ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ४७ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको वुल्भ्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२२ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖