• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालले गुमायो तेस्रो विकेट, अर्जुन घर्ती आउट


  • धनकुटा खबर
  • .

आयरल्याण्ड वुल्भ्सविरूद्ध जबाफी ब्याटिङ गरिरहेको नपाल ‘ए’ले तीन विकेट विकेट गुमाएको छ।

नेपाल ‘ए’ले नवौं ओभरको चौथो बलमा तेस्रो विकेट गुमाएको हो। ५ बलमात्रै खेलेको अर्जुन घर्ती ३ रनमात्रै बनाएर आउट भए।
अर्जुनलाई ग्याबिन होयले एलबिडब्लु धरापमा पारे।

त्यसअघि ओपनर तथा कप्तान विनोद भण्डारी छैटौं ओभरको अन्तिम बलमा र उनको विकेटपछि आएका देव खनाल सातौं ओभरको दोस्रो बलमा आउट भएका थिए।

भण्डारीलाई उनलाई म्याथ्यु हम्फ्रेजले बोल्ड गरेका थिए। आउट हुनुअघि भण्डारीले १४ बला २ चौका र १ छक्का प्रहार गरी १६ रन बनाएका थिए।

त्यसपछि आएका देव खनाल सातौं ओभरको दोस्रो बल र आफ्नो पहिल बलमा आउट भएका थिए।

उनलाई आयरल्याण्ड वुल्भ्सका थोमस मेइजले फियोन ह्यान्डबाट क्याच आउट गराएका थिए।

नेपालका लागि लोकेश बम र आरिफ शेख ब्याटिङमा छन्। १० ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा ७९ रन बनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖