• Monday 5th of October 2026

आज पनि भारत र पाकिस्तानबीचको खेल रद्द भयो भने के हुन्छ ?


  • धनकुटा खबर
  • .

भारत र पाकिस्तानबीचको खेल यतिबेला जारी छ। एसिया कप क्रिकेटमा भारत र पाकिस्तान दोस्रोपटक आमने सामने छन्। यसअघिको खेल रद्द भएको थियो। वर्षाका कारण पटकपटक प्रभावित हुँदै आएको खेल यदि रद्द भयो भने भारतका लागि प्रतियोगितामा टिकिराख्न चुनौतीपूर्ण हुनेछ।

पाकिस्तानसँग आजको खेल रद्द भयो भने भारतका लागि प्रतियोगिताको फाइनलमा पुग्न निकै कठिन हुनेछ। भारत प्रतियोगिताबाट बाहिरिन पनि सक्छ। त्यसकारण भारतले आजको खेल पछि आगामी दुई खेलमा लगातार जित हात पार्नै पर्ने बाध्यात्मक अवस्था छ।

सुपर चारका जारी खेलमध्ये पाकिस्तान बाहेक भारतले भोलि श्रीलङ्का र १५ सेप्टेम्बरमा बङ्गलादेशसँग खेल्न बाँकी छ। जबकी पाकिस्तानले सुपर चारको आफ्नो अन्तिम खेल श्रीलङ्कासँग खेल्ने छ।

यदि श्रीलङ्काले आफ्नो दुबै खेलमा जित हात पार्यो भने फाइनलमा पुग्नेछ। भारतीय टिमले बङ्गलादेशलाई यदि पराजित गर्छ भने पनि पाकिस्तान र भारतको समान ३÷३ अङ्क हुनेछ। उक्त स्थितिमा पनि रन रेटको आधारमा पाकिस्तान भारतभन्दा अगाडी रहेको छ। जसले गर्दा भारतीय टिमलाई एसिया कपबाट बाहिरिने जोखिम थप बढी छ।

यदि श्रीलङ्का आफ्नो आगामी म्याचमा भारतीय टिमसँग जित्ने र पाकिस्तानसँग हार्यो तथा भारत बङ्गलादेशसँग जित्यो भने पाकिस्तान ५ अङ्क र श्रीलङ्का ४ अङ्कका साथ फाइनल पुग्नेछ। जबकी भारत ३ अङ्कका साथ प्रतियोगिताबाटै बाहिरिने छ।

यी सबका बाबजुद यदि पाकिस्तान र भारतविरुद्धको आजको म्याच र श्रीलङ्काले भोलि खेल्ने पाकिस्तानविरुद्धको म्याच यदि वर्षाका कारण रद्द भयो भने त्यो स्थितिमा भारत फाइनलमा पुग्न सक्ने सम्भावना कायमै रहन्छ।

पाकिस्तान र श्रीलङ्काविरुद्धको म्याच रद्द भयो र भारतले बङ्गलादेशलाई हरायो भने भारतसँग ४ अङ्क हुनेछ। पाकिस्तान र श्रीलङ्काबीचको खेल रद्द भएमा भारत, पाकिस्तान र श्रीलङ्कासँग समान ४/४ अङ्क हुनेछ। यस स्थितिमा रन रेटको आधारमा निर्णय गरिनेछ। यति हुँदा पनि पाकिस्तान बलियो छ र ऊ फाइनलमा जाने निश्चित जस्तै छ। त्यसकारण श्रीलङ्काभन्दा अगाडी जानका लागि भारतले बङ्गलादेशलाई ठूलो रन अन्तरले पराजित गर्नुपर्ने छ।

पाकिस्तान र श्रीलङ्काबीचको खेल रद्द भएपछि यदि भारतले बङ्गलादेशलाई पराजित गर्यो भने उसको ४ अङ्क हुनेछ। त्यसपछि पाकिस्तान र श्रीलङ्काबीचको म्याचको नतिजाबाट जित्ने टोलीले ५ अङ्क र भारतको ४ अङ्कका साथ फाइनल पुग्ने छ। जबकी हारने टिम ३ अङ्कका साथ बाहिरिने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖