• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आयरल्याण्ड वुल्भ्सविरूद्ध जितका लागि नेपाल ‘ए’ले पायो २२५ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

आयरल्याण्ड वुल्भ्स विरूद्ध जितका लागि नेपालले २२५ रनको लक्ष्य पाएको छ।

टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ६ विकेट गुमाएर २२४ रन बनाएको हो।

आयरल्याण्ड वुल्भ्सका लागि कप्तान नेइल रक ३४ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ७१ रन बनाएर नट आउट रहे। फियोन ह्यान्ड पनि १९ रन बनाएर नट आउट रहे।

त्यस्तै पिटर मुरले बिस्फोटक ब्याटिङ गर्दै २६ बलमा ३ चौका र ७ छक्काको मद्दतबाट ६५ रन जोडे।

ओपनर जेम्स मिककोलुमले १३ बलमा ३ चौका र २ छक्का प्रहार गरी २६ रन बनाउँदा ओपनर रोस अदेरले १७ रनको योगदान गरे।

नेपालका लागि सागर ढकालले ३ विकेट तथा कमलसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा नेपालले २२३ रनको लक्ष्य पाएकोमा २१ रनले पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖