• Monday 5th of October 2026

क्यानडा पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक पक्राउ


  • धनकुटा खबर
  • .

क्यानडा पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

झापा गौरादह नगरपालिका-७ घर भई कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने २४ वर्षीय सुजन पुरी पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-१ बाट पक्राउ गरेको हो।

पुरीविरूद्ध भूमिराज राईले क्यानडा पठाइदिन्छु भन्दै पटक-पटक गरी १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।
वैदेशिक रोजगारी विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि पुरीलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

पुरीलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको एसपी रेग्मीले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖