• Monday 5th of October 2026

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण फेरि रोकियो


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकेटअन्तर्गत जारी भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण फेरि रोकिएको छ ।

पाकिस्तानले ११ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको छ ।

भरतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ ।

आइतवार भारतले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको थियो ।

तर २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाएको अवस्थामा पानी परेपछि खेल स्थगित भएको थियो । आज पुनः खेल सुचारू भएको थियो । पानी परेपछि फेरि रोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖