• Monday 5th of October 2026

पाकिस्तानमाथि भारतको फराकिलो जित


  • धनकुटा खबर
  • .

एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो अन्तरको जित हात पारेको छ।
सोमबार कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे। अघा सलमान र इफ्तिखर अहमदले २३-२३ रन बनाए। अरु ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा भारतका कुलदिप यादवले ५ विकेट लिए। उनले ८ ओभरमा २५ रन खर्चिए।

त्यसअघि आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।
भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे।
कोहलीको यो ४७औं एकदिवसीय शतक हो।

कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो।

त्यसअघि श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो।
आइतबार ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएका थिए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।

सोमबार भारतका लागि कोहली र राहुले २४.१ ओभरदेखि पूरै ब्याटिङ गर्दा पाकिस्तानले विकेट लिन सकेन।
बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖