• Monday 5th of October 2026

घरमै आएका डाक्टरले भनेका थिए- अस्पताल जानुपर्दैन !


  • धनकुटा खबर
  • .

काठमाडौँ । एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सोमबार बिहानैदेखि ज्वरो आएको बुझिएको छ । उनको सचिवालयकाअनुसार ज्वरोपछि सोमबार दिनभर घरमै आराम गरेर बसेका थिए ।

नेम्वाङ रुघाखोकी लागेर घरमा आराम गरिरहेको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए । आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो । घरमै आएका डाक्टरले साँझ नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए । त्यतिबेला उनलाई १०२ डिग्री ज्वरो आएको थियो ।

पारिवारिक स्रोतकाअनुसार डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेकाका थिए । बेलुका सुप खाएर सुतेका उनी राति करिब १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो । अस्पताल पुग्दा उनको निधन भइसकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖