• Monday 5th of October 2026

नेम्वाङको पार्थिव शरीर ९ बजे पार्टी कार्यालय च्यासल लगिने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर ९ बजे पार्टी कार्यालय च्यासल लगिने भएको छ ।

यसअघि बिहान ७ बजे नै नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासल लगिने बताइएको थियो ।

अन्तिम श्रद्धान्जलीका लागि च्यासलमा एमालेसहित विभिन्न दलका शीर्ष नेतासहित अन्य दलका नेता, कार्यकर्ता तथा सुवेक्षुक पुग्ने बताइएको छ ।
गएराति उपचारका क्रममा उनको निधन भएको हो । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖