• Monday 5th of October 2026

बेलायत र अष्ट्रेलियाबाट फर्किँदै छन् सुवास नेम्वाङका दुई छोरा


  • धनकुटा खबर
  • .

काठमाडौ । सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बुधबार हुने भएको छ।

उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो।

नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्।
१५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिए।
नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।

एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ।

नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेटमा निधन भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖