• Monday 5th of October 2026

नेम्वाङको निधनपछि इलाममा शोक बिदा


  • धनकुटा खबर
  • .

इलाम, भदौ २६ गते । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलबार) शोक बिदा दिएको छ ।

अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली सहित आज शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले शोक वक्तव्य मार्फत जानकारी दिएको छ ।

उहाँको निधनसँगै गृह जिल्ला इलाम शोकमा डुबेको छ ।

नेम्वाङको निधन पछि नेकपा एमाले जिल्ला पार्टी कार्यालय इलाममा एमाले कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको झन्डा भुकाइएको छ । एमालेले पार्टी कार्यालयमा शोक पुस्तिका राखेको छ ।-कोकिला ढकाल/गोरखापत्र

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖