काठमाडौं । अभिनेत्री पुजा शर्माको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ । अस्वस्थ भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी पूजाको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो ।
शनिबार पूजाले फेसबुकमा अस्पतालमा उपचार गराइरहेको तस्बिर शेयर गर्दै शल्यक्रिया सफल भएको बताएकी छन् । उनले आफ्नो स्वास्थ्यको कामना गर्नेहरूलाई धन्यबाद दिएकी छन् ।
उनको पोस्टमा कलाकारिता क्षेत्रका विभिन्न व्यक्तिहरूले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । नायक पल शाहले पनि पूजाको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले भनेका छन्, “शिघ्र स्वास्थ्य लाभको कामना, आफ्नो ख्याल राख्नु ।”
