• Monday 5th of October 2026

रास्वपाका केही गलत पात्रको भण्डाफोर गर्छु, मसँग प्रमाणहरु छन्ः ढाकाकुमार श्रेष्ठ


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ भदौ । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पाटीभित्र केही गलत पात्र रहेको बताएका छन् । ती गलत पात्रको भण्डाफोर गर्ने पनि उनले चेतावनी दिएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई पार्टीको माया रहेको र ती पात्रको गलत कामको भण्डाफोर गर्दा रास्वपा सभाति रवि लामिछानेले कारबाही गर्न पर्ने उनले बताए ।

‘पार्टी बच्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीभित्रका पात्र सबै ठीक हुन्छन् भन्ने छैन । केही पात्रहरुले गलत कार्य गरेका हुन्छन् । तिनको भण्डाफोर म गर्छु । जसरी मलाई सभपति ज्यूले कारबाही गरेर देखाउनु भयो नि त्यो बेला उहाँलाई पनि पार्टी सभापतिले कारबाही गर्नुभयो भने बल्ल उहाँ सभापति हुन लायक हुनुहुन्छ ।’ उनले भने, ‘यदि पार्टी सभापतिले उहाँको गलत कुरालाई ढाकछोप गर्नुभयो भने सभापति मान्न उचित हुँदैन । पात्रले गरेको गलत कुरालाई म ल्याउनेवाला छु । मसँग केही प्रमाण छन् । त्यस्ता पात्र पार्टीमा बस्न पनि हुँदैन ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖