• Monday 5th of October 2026

एमालेले तीन दिनसम्म सबै कार्यक्रम स्थगित गर्ने, पार्टीको झण्डा आधा झुकाउने


  • धनकुटा खबर
  • .

काठमाण्डाै – नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गर्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, एमालेले तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने भएको छ । बैठकले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने पनि निर्णय गरेको सचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖