• Monday 5th of October 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट एक केजी सुन बरामद


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार दिउँसो एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।

बलेवा (बागलुङ), २६ भदौ : पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन ।

भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन् । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ । “आलु पर्याप्त मात्रामा फल्छ, तर राख्ने ठाउँ छैन”, ढोरपाटन नगरपालिका–८ की थमसरा विकले भन्नुभयो, “बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ ।” भण्डारणको सुविधा भएको भए आलु बिक्री गरी दोब्बर फाइदा लिन सकिने उहाँले बताउनुभयो ।

ढोरपाटनकै इन्द्रबहादुर सुनारले पनि वर्षको ५० क्विन्टल आलु बेच्ने गरेको बताउनुभयो । भदौ अन्तिम सातादेखि उहाँहरुले आलु खन्ने गर्नुहुन्छ । सडकको पहुँच नभएकाले बजारमा आलु पठाउन नसक्दा कुहिने गरेको सुनारले गुनासो गर्नुभयो । भण्डारण अभावमा वर्षातमै आलु बेच्नुपर्ने बाध्यता छ । ढोरपाटनको पाटक क्षेत्रमा सयौँ क्विन्टल आलु उत्पादन हुने गरेको छ । तर बजारीकरणमा समस्या भएको किसानको गुनासो छ ।

कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार जिल्लाभर तीन हजार ५० हेक्टरमा आलु खेती गरिन्छ । सो जग्गामा ५४ हजार आठ सय १० मेट्रिक टन आलु फलेको तथ्याङ्क छ । जिल्लामा आलुको बीउ पर्याप्त मात्रामा भण्डारण गर्न समस्या छ । गत आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई बीउ भण्डार बनाउन सहयोग गरेको छ । परियोजनाको बागलुङ कार्यालयका प्रमुख सुजित पौडेलका अनुसार रु चार लाख अनुदान सहयोगमा किसानले रु सात लाखमा भवन बनाएका थिए । ढोरपाटन–९ को नवी र फलेघरमा १३ मेट्रिक टन आलु भण्डारण गर्न सकिने गरी भवन निर्माण गरिएको छ ।

रुद्रताल कृषि समूह र नवी कृषि समूहका किसानले श्रमदान गरी भवन निर्माण गरेका हुन् । परियोजनाले ताराखोलामा रु २१ लाख तथा स्थानीयवासीको रु चार लाखमा शीत भण्डार केन्द्र निर्माण गरी आलु राख्न थालेका स्थानीय ओमप्रसाद कंंँडेलले बताउनुभयो । परियोजनाले निसीखोला र निसेल ढोरमा १०÷१० मेट्रिक टन क्षमताका तीन बीउ भण्डार केन्द्र निर्माण गरेको छ । त्यसबाहेक गण्डकी प्रदेश सरकारको सहयोगमा काठेखोलामा ५० मेट्रिक टनको आलु भण्डार केन्द्र तथा बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा ५०÷५० मेट्रिकटन क्षमताका दुई भण्डारण केन्द्र निर्माण गरिएका छन् ।

गलकोटमा भने स्याउलगायत फलफूलसमेत भण्डारण गर्नेगरी स्थानीय व्यवसायीले दुई सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेका छन् । गलकोट नगरपालिका–३ मा सिद्धभैरव समूहले रु दुई करोड लगानीमा एक सय मेट्रिकटन क्षमतको शीत भण्डारण केन्द्र तथा एक सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖