• Wednesday 21st of October 2026

बढ्यो सिमेन्टको मूल्य,कति पुग्यो त ?


  • धनकुटा खबर
  • .

निमार्णका लागि अत्यन्तै महत्वपूण सामग्री सिमेन्टको मूल्य बढेको छ।
सिमेन्ट कम्पनीहरूले प्रतिबोरा १५ रूपैयाँदेखि २५ रूपैयाँसम्म बढाएका छन्।

उद्योगमा लोडसेडिङका कारण उत्पादनमा कमी आउँदा सिमेन्टको मूल्य बढाइएको जानकारी आएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका सल्लाहकर अनसन शाखःले बताए।

शाखः का अनुसार रिद्धिसिद्धी र सौर्य सिमेन्टले बैशाख १ गतेदेखि लागु हुने गरी प्रतिबोरा २५ रूपयाँका दरले बढाएका छन्।

त्यस्तै, युनाइटेड सिमेन्टले गत मंगलबारदेखि लागु हुनेगरी प्रतिबोरा २० रूपैयाँका दरले बढाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖