• Wednesday 21st of October 2026

एमाले-माओवादीको संयुक्त अपिल : कम्युनिष्ट एकताको जग तयार गर्न सुहाङलाई जिताऔं


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश कमिटीले इलाम २ मा हुने उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङलाई जिताउन संयुक्त अपिल जारी गरेको छ। एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङले संयुक्त अपिल गरेका हुन् ।

संयुक्त अपिलमा भनिएको छ, ‘नेपालको राजनीतिलाई स्थायित्व दिँदै विकास र समृद्धिको अभियानलाई अगाडि बढाउन केन्द्रमा भएको सहमतिलाई नयाँ शिराबाट अगाडि बढाउँदै मान जनतामा बढ्दै गएको निराशालाई चिर्न अहिलेको उपनिर्वाचन कोसेढुंगा सावित हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

आमरूपमा युवाहरूको मागलाई सम्बोधन गर्दै चुनावी अभियान सुरू भइसकेको परिवेशनमा एमाले र माओवादीका कार्यकतालाई एकीकृत भए चुनावी अभियानमा हिँड्नका साथै मतदानमा गर्न आग्रह गरेका छन् । उपनिर्वाचनमार्फत् वामपन्थी शक्तिबीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको जग तयार गर्ने संयुक्त अपिलमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖