• Monday 5th of October 2026

च्यासल पुगेर शीर्ष नेताहरूले दिए नेम्वाङलाई श्रद्धाञ्जली


  • धनकुटा खबर
  • .

काठमाडौ । आज निधन भएका एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न पार्टीका शीर्ष नेताहरू अहिले ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।

यसैयरी, राप्रपाका वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा, डा प्रकाशचन्द्र लोहनी, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, कांग्रेस नेता रमेश लेखकलगायत नेता पनि च्यासल पुगेका छन् ।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖