• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले शनिबार कतारको सामना गर्दै छ । नेपालले खेलमा पहिले ब्याटिङ गर्ने भएको छ ।

खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो ।

जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो ।

नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖