• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कतारविरूद्ध नेपालले गुमायो पहिलो विकेट, कुशल भूर्तेल आउट


  • धनकुटा खबर
  • .

एसिसी प्रिमियर कपमा नेपालले पहिलो विकेट गुमाएको छ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरूद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले २.४ ओभरमा ओपनर कुशल भूर्तेललाई गुमाएको हो।

भूर्तेल कतारका अमिर फारूखको बलमा कामरन खानबाट क्याच आउट भएका हुन्।

आउट हुनुअघि भूर्तेलले ११ बलमा २ चौका प्रहार गरी १२ रन बनाएका थिए।

भूर्तेलको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖