• Monday 5th of October 2026

चाडपर्वको मुखैमा हटाइए वाणिज्य विभागका महानिर्देशक र अनुगमन प्रमुख


  • धनकुटा खबर
  • .

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाएको छ ।

मुख्य चाडपर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने बेला मन्त्रालयले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा तानेको हो ।

वाणिज्य विभागका महानिर्देशक ठाकुरसहित बजार अनुगमन शाखा प्रमुख समेतको सरुवा भएको विभागले जनाएको छ ।
‘विभागका महानिर्देशक ठाकुर, अनुगमन शाखा प्रमुख उपसचिव होमनाथ भट्टराई लगायतको मन्त्रालयमा सरुवा भएको छ,’ विभाग स्रोतले भन्यो । २७ चैतमा ठाकुर विभागको मानिर्देशक नियुक्त भएका थिए ।

आफ्नो कार्यकाल ५ महिना २९ दिन पुगेकै दिन ठाकुर सरुवामा परेका हुन् । ठाकुरलाई मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा पठाइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖