• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मेसीको दुई गोलमा इन्टर मियामी विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यसैगरी नाशभिलेको भने ८ खेलमा ७ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖