• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रोमाञ्चक खेलमा कोलकाताले बैंगलुरुलाई एक रनले हरायो


  • धनकुटा खबर
  • .

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औँ खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १ रनले पराजित गरेको छ । प्रतियोगितामा बैंगलुरुको यो लगातार सातौँ हार हो ।

अन्तिम ओभरमा करन शर्माले तीन छक्का हिर्काउँदै टोलीलाई नाटकीय जित नजिक पुर्‍याए पनि टोलीले अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउँदै खेल हार्न पुग्यो ।

बैंगलुरुका लागि विल ज्याक्स र रजत पटिदारले अर्धशतीकय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । विलले सर्वाधिक ५५ रन बनाए । उनले ३२ बलमा ४ चौका र ५ छक्का हिर्काए । रजतले २३ बलमा ५२ रन बनाए ।

दिनेश कार्तिकले २५ रन तथा सुयश प्रभुदेसाईले २४ रनको योगदान दिए । कोलकाताका लागि आन्द्रे रसलले ३ तथा सुनिल नरेन र हर्षित रानाले २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । कोलकाताका लागि कप्तान श्रेयर ऐयरले सर्वाधिक ५० रनको योगदान दिए । उनले ३६ बलमा ७ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, ओपनर फिल साल्ट १४ बलमा ४८ रन बनाए । उनले चौका र ३ छक्का प्रहार गरे । यसैगरी आन्द्रे रसलले २७ तथा रिंकु सिंह र रमनदीप सिंहले २४–२४ रन बनाए ।

बैंगलुरुका लागि यश दयाल र क्यामरुन ग्रिनले २–२ विकेट तथा मोहम्मद सिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖