• Monday 5th of October 2026

ह्वात्तै घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ८०० रुपैयाँले सुनको मूल्य घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖