• Thursday 22nd of October 2026

भेरी नदीमा बेपत्ता भएका निर्माण मृत भेटिए


  • धनकुटा खबर
  • .

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा शनिवार अपराह्न बेपत्ता भएका निर्माण चौलागाईँ मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी आइतबार बिहान बेपत्ता भएको स्थान नजिकै मृत अवस्थामा भेटिएका हुन् ‌।

वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने १८ चौलागाईँ शनिवार पौडी खेल्न भनेर ६ जन‌ा साथीहरू सहित बराहताल गाउँपालिका–२, को रानीघाटस्थित भेरी नदी पुगेका थिए।

पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए ।‌ निर्माणको घर दैलेखको चामुण्डाबिन्द्रासैनी हो । प्रहरीका अनुसार उनी वीरेन्द्रनगरमा बसेर अध्ययन गर्थे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖