• Thursday 22nd of October 2026

यी हुन् ईलाम-२ मा १५२१ मत गन्दासम्म एक मत पनि नआउने उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा आइतबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगका अनुसार १५२१ मत गन्दा एकीकृत समाजवादीसहित ५ जना उम्मेदवारले शून्य मत पाएका छन् । एकीकृत समाजवादीका जीत बहादुर राईले शून्य मत पाएका हुन् ।

यस्तै उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाक प्रसाद गौतम र मनोज निरौलाले शून्य मत पाएका हुन् । यस्तै राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाउँदा ६५७ मतसहित कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् ।

यस्तै उनको पछिपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५३४ मतका साथ रहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले १८७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖