• Thursday 22nd of October 2026

वडा अध्यक्ष हारेकै ठाउँमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं,१६ वैशाख । प्रदेश सभा सदस्य उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेश सभा १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ ।

छविसपाथिभरा गाउँपालिकाका वडा नम्बर १,२,३ र ४ को मत गनिसक्दा एमालेका उम्मेदवार दमन भण्डारीले आफ्नो अग्रता फराकिलो पार्दै लगेका छन् ।

एमाले केन्द्रीय सदस्य ऐन महरले दिएको जानकारी अनुसार ४ वडाको मत गनिसक्दा एमालेका भण्डारीले १२६३
र नेपाली कांग्रेसका अभिषेक सिंहले ६३६ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ६२७ को रहेको छ ।

यी चार वटै वडामा गत साल भएको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका थिए ।

वडा नम्बर१ मा एमाले दोस्रो र २ मा तेस्रो अवस्थामा रहेको थियो । तर, अहिले दुबै वडाको मत गणना सकिँदा एमालेले दोब्बर अग्रता बनाएको छ ।

वडा नम्बर ३ मा कांग्रेसका श्याम बहादुर सिंह र ४ मा नेकपा एकीकृत समाजवादीका अमर राज थापा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖