• Thursday 22nd of October 2026

करिब २२ हजार मत गनिसक्दा इलाममा एक उम्मेदवारले अझै खाता खोलेनन्


  • धनकुटा खबर
  • .

इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा मतगणना जारी रहेको छ । हालसम्म २१ हजार ८१० मत गनिसकेको छ ।

अहिलेसम्म एक जना उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन् । स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमको शून्य मत छ ।

यता एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका छन् । सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖