• Thursday 22nd of October 2026

डम्बरसँग मतान्तर बढाउँदै सुहाङ


  • धनकुटा खबर
  • .

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८८९८ मतसहित अगाडि छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले ६२८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २६१८ मतको फरक छ ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४६३४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖