• Thursday 22nd of October 2026

इलाम २ मा एमालेका उम्मेदवार सुहाङकाे तीन हजार ३५७ मतसहित अग्रता कायमै


  • धनकुटा खबर
  • .

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले तीन हजार ३५७ मतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १० हजार ४१९ मतसहित अग्रता कायमै राख्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ६२ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा स्वतन्त्रका उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ५ हजार ७५३ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू एक हजार ४५१ मतसहित चौंथो स्थानमा रहेका छन् । एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले जम्मा २५८ मत पाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖