• Thursday 22nd of October 2026

सिम्रिकको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण


  • धनकुटा खबर
  • .

१७ वैशाख, काठमाडौं । इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि सिम्रिक एयरको हेलिकप्टर धुलिखेलमा आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले संकेत गरेपछि सुरक्षाका दृष्टिकोणबाट सुरक्षित अवतरण गराएर जाँच गर्नुपर्छ । सोही सिलसिलामा सिम्रिकको जहाज धुलिखेलमा रोक्नु परेको थियो । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖