• Thursday 22nd of October 2026

इलाम : मतान्तर फराकिलो बनाउँदै सुहाङ, यस्तो छ पछिल्लो मतपरिणाम


  • धनकुटा खबर
  • .

काठमाडौं । इलाम-२ मा नेकपा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउँदै गएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाउँदा मतान्तर पनि झण्डै ४ हजारले फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ११ हजार ९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार २ सय ७५ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् ।

र, रास्वपाका उमेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ५ सय ९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖