• Thursday 22nd of October 2026

माङसेबुङ वडा नम्बर ५ बाट मुढामा १०३२ मत, अरूको कति?


  • धनकुटा खबर
  • .

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ।यसैक्रममा सोमबार माङसेबुङ गाउँपालिका वडा ५ को पनि मतगणना गरियो। जहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले सबैभन्दा बढी मत ल्याए। उनले वडा नम्बर ५ बाट मात्रै १०३२ मत ल्याएका छन्। जबकी यहाँ अन्य उम्मेदवारहरूले एक सय मत पनि कटाउन सकेनन्।

मुढालाई चुलाचुली गाउँपालिका वडा नम्बर १ मा पनि एक हजारभन्दा बढी मत आएको थियो। त्यो वडामा २०७९ र २०७४ मा लिम्बुवानले चुनाव जितेको थियो।

माङसेबुङ वडा नम्बरु ५ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले ६९ मत ल्याए भने नेपाली कांग्रेसका डम्बर खड्काले ४९ मत ल्याए। रास्वपाका मिलन लिम्बूले ३ मत ल्याए भने एकीकृत समाजवादीले एक मत ल्याए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖