• Thursday 22nd of October 2026

इलाममा कांग्रेस उम्मेदवारसंग सुहाङले बनाए अहिलेसम्मकै उच्च मतान्तर


  • धनकुटा खबर
  • .

काठमाडौं – इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖