• Thursday 22nd of October 2026

बझाङमा एमालेका भण्डारी निर्वाचित हुँदा माधव नेपालका उम्मेदवारको जमानत जफत


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ वैशाख । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।

मतगणना सकिँदा लाग्दा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २६६ रहेको छ ।

भण्डारी प्रदेश सभामा निर्वाचित हुँदा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहको भने जमानत जफत भएको छ । निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको छ ।

सिंहले २५१३ मत ल्याएका छन् । जुन सदर मतको १० प्रतिशत भन्दा कम हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖