• Thursday 22nd of October 2026

इलाम अपडेट: कांग्रेसका डम्बरसँग ५ हजार मतले सुहाङको अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ वैशाख। इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् । भर्खरै प्राप्त विवरण अनुसार सुहाङले १३ हजार ९०० मत पाएका छन् ।

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ८ हजार ९०४ मत पाएका छन् । सुहाङ खड्काभन्दा ४ हजार ९९६ मतले अगाडि छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ८२८५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १९४५ मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖