• Thursday 22nd of October 2026

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।

घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖