• Thursday 22nd of October 2026

१६ वर्षीया किशोरीलाई सुरक्षाकर्मीले हतकडीमै बलात्कार गरेर मारेको खुलासा


  • धनकुटा खबर
  • .

एजेन्सी । एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन उत्पीडनपछि हत्या गरेको खुलासा भएको छ। यो रहस्य सुरक्षा बलले लेखेको विश्वास गरिएको एउटा ‘लिक’ कागजातबाट खुलेको दाबी बीबीसीले गरेको छ।

ती कागजातबाट सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शक्रमानीलाई के भयो भन्ने कुरा पत्ता लागेको हो। नौ दिनपछि उनको शव फेला परेको थियो। इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो।

यी विषयमा इरानी सरकार र रिभोल्युसनरी गार्डसमक्ष प्रस्तुत गर्दा कुनै प्रतिक्रिया आएन। यो प्रतिवेदनलाई ‘अत्यधिक गोप्य’ भनी चिह्न लगाइएको छ। यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) द्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो। यसमा उनका हत्यारा र सत्य लुकाउन खोज्ने वरिष्ठ कमान्डरहरूका नाम छन्।

निकालाई गोप्य भ्यानमा राखिएको थियो र त्यसपछि उनलाई जे गरियो, त्यो हृदयविदारक छ।
–एक व्यक्तिले उनलाई बलात्कार गर्‍यो ।

–हतकडी लागेको अवस्थामा पनि निकाले विरोध गरिन् र हातखुट्टा हल्लाउँदै आफूलाई बचाउने प्रयास गरिन्।

–त्यसपछि उनलाई लाठीले पिटियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖