• Thursday 22nd of October 2026

इलामका जनतालाई रास्वपाबाट पराजित मिलन लिम्बुले यसरी दिए धन्यनाद


  • धनकुटा खबर
  • .

हार्दिक आभार एवम् धन्यवाद !

प्रिय इलामेली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु !
सर्वप्रथम यहाँहरु सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु ।

नेपालको राजनीतिक प्रणालीलाई थप सुदृढ गर्न र दलीय प्रतिस्पर्धासहितको लोकतन्त्रलाई मजबुद पार्न यहाँहरुले गर्नुभएको मतदान आफैमा एउटा बलियो आधारस्तम्भ हो भन्ने मलाई लागेको छ ।

निश्चय पनि निर्वाचनको प्राविधिक पक्ष प्रतिस्पर्धीहरुमध्येबाट एक जनाले श्रेष्ठता हाँसिल गर्ने प्रणाली हो । चुनावी मैदानमा हामी प्रतिस्पर्धीहरु मध्येबाट विजयी हुनुहुने सुहाङ नेम्बाङले प्रतिस्पर्धा जित्नु भएको छ । उहाँलाई म र मेरो पार्टीको तर्फबाट हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु ।

राजनीतिक रूपमा संघीय संसदमा इलाम-२ को प्रतिनिधिविहीनता अन्त्य भएको छ । त्यसको श्रेय तपाई हमी सबै इलाम-२ वासीलाई जान्छ । यसर्थ, यस उपनिर्वाचन हमी सबैको निम्ति उत्साह र खुशीको पल हो ।

निर्वाचन प्रचार प्रसारका दौरान मलाई र मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनतामाझ पुर्याउन अहोरात्र खट्नु हुने पार्टीका सभापति, उपसभापति, केन्द्रीय नेतृत्व लगायत नेता, कार्यकर्ताज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछु । मलाई मुठ्ठी दान गरेर सहयोग गर्नुहुने, नैतिक, प्राविधि र अन्य किसिमले सहयोग गर्नुहुने सबैमा एकपुष्ट आभार र धन्यवाद व्यक्त गर्दछु ।

मलाई र मेरो पार्टी रास्वपालाई विश्वास गरेर मतदान गरिदिनुहुने सम्पूर्ण मेरा मतदाता र इलाम-२ का आम मतदाताप्रति कृतज्ञ छु र रहिरहने छु । मैले उम्मेद्वार हुँदैगर्दा नै भनेको छु– म निर्वाचनमा विजयी हुँदा वा नहुँदा पनि सदा तपाईहरुको साथमा हुनेछु । इलाम र इलामेली जनताको हरेक सुख र दुःखमा मेरो सहभागिता रहनेछ । इलामको विकासमा र इलामेली जनताका इच्छा, आकांक्षा पूरा गर्ने सन्दर्भमा मबाट सदा इमान्दार प्रयत्न हुनेछ ।

नेपालको राजनीतिमा कायम रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, बेथिति इत्यादिविरुद्ध निरन्तर हामी घण्टी बजाइरहने छौं । मुलुकमा सुशासन, सबैको आत्मसम्मान र सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र, संघीय गणतन्त्रका पक्षमा काम गरिरहने छौँ ।

मिलनकुमार योङहाङ लिम्बू
रास्वपा उम्मेद्वार
इलाम २, उपनिर्वाचन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖