• Thursday 22nd of October 2026

इलाम पुगेर ओलीको उद्घोष: विकासको जिम्मा सुहाङलाई, सुहाङको जिम्मा म लिन्छु


  • धनकुटा खबर
  • .

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको समृद्धिको जिम्मा र नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिने बताएका छन् ।

मंगलबार इलाम उपनिर्वाचनबाट निर्वाचित सांसद नेम्वाङको विजय उत्सव मनाउन इलाम पुगेका ओलीले आफूले पूर्व घोषणा गरेअनुसार इलाम र सुहाङ दुवैको जिम्मा आफ्नो काँधमा छाडिदिन अनुरोध गरेका छन् । ओलीले गत साता मंगलबारेमा आयोजित चुनावी प्रचारमा सुहाङलाई जिताएमा विकासको जिम्मा आफूले लिन बताएका थिए ।

उनले चुनाव प्रचारको क्रममा दिएको अभिव्यक्तिलाई स्मरण गर्दै भने ‘इलामको विकासको जिम्मा सुहाङले, सुहाङको पछि म छु, सुहाङले यहाँको जिम्मा लिनुहुन्छ, सुहाङको जिम्मा हामी लिन्छौँ।’

त्यस्तै ओलीले इलाम २ को उपनिर्वाचनमा एमालेलाई हराउन एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल लागिपरेको जिकिर गरे । इलाममा सत्तारुढ दल माओवादीले एमालेललाई सहयोग गर्दा समाजवादीले आफ्नै उम्मेदवार उठाएको थियो ।

आफ्नै उम्मेदवार (जितबहादुर राई) उठाए पनि एसले ४०० मत कटाउन भने सकेन् । उपनिर्वाचनमा समाजवादीले उनै सम्मानीत नेता खनाललाई कमाण्डर बनाएको थियो । खनालले पनि चुनावी प्रचारका क्रममा यसपटक आफ्नो दलले जित्ने दाबी गरेका थिए । बरु आफ्नो पार्टीले नजितेपनि केही नहुने तर एमालेले चुनाव हार्नै पर्ने जिकिर गरेका थिए ।

खनाल नमा नलिई आज ओलीले भने ‘एमाले छाडेका यसै जिल्लाका नेताहरू एमाले हराउन बेस्सरी लागेका थिए।’

उनले पहिचान भनेको सबै नेपाली एकै हो भन्ने हुनुपर्ने बताए। ‘के हो के हो पनि भयो होला। पहिचान भनेको के हो के हो ? केलाई पहिचान भन्ने हामी सबै नेपाली हो, पहिलो पहिचान नै त्यही हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖