• Thursday 22nd of October 2026

कारागारमा रहेकालाई छुटाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी


  • धनकुटा खबर
  • .

बारा । कारागारमा रहेकाहरूलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार पटेलले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय पर्सामा रहेका एक व्यक्तिसँगै १० लाख रुपैयाँ लिएका थिए । त्यस्तै, उनले जबरजस्ती करणी मुद्दाको पुर्पक्षमा रहेका अर्का व्यक्तिसँग पनि ७ लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।

पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई गत वैशाख ४ गते पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको न्यौपानेले जानकारी दिए । जिल्ला अदालत बाराबाट म्याद थप गरी पटेलमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖