• Monday 5th of October 2026

उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु


  • धनकुटा खबर
  • .

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा ट्रकको ठक्करबाट एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका-२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेत रहेका छन् ।\

बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई मोटरसाइकल चढेर आफू कार्यरत प्रहरीचौकी भागलपुरतर्फ र्फकंदै गर्दा ना ४ ख ६१८३ नम्बरको ट्रकले बस्नेतलाई ठक्कर दिएको थियो ।

ट्रकले बुधबार दिउँसो साढे एक बजे बस्नेतलाई ठक्कर दिएको थियो । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖