• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आइपिएलमा आज सनराइजर्स र राजस्थान भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।

आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । १० अंकसहित सनराइजर्स पाँचौं स्थानमा रहेको छ ।

त्यसैगरी राजस्थान रोयल्स भने ९ खेलमा ८ खेल जितेर अंक तालिकामा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स अभिषेक शर्मा टी नटरञ्जन, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता विदेशी खेलाडी महत्वपूर्ण हुने देखिन्छन् । 

त्यसैगरी यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियान पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ । 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖