• Thursday 22nd of October 2026

फुङलिङमा जंगली च्याउ खाँदा दुईजना श्रीमान्–श्रीमती बिरामी


  • धनकुटा खबर
  • .

काठमाडौँ- ताप्लेजुङ जिल्लाको फुङलिङमा जंगली च्याउ खाँदा दुईजना श्रीमान्–श्रीमती बिरामी भएका छन्।

फुङलिङ नगरपालिका– २ बोझेनिवासी ६६ वर्षका हर्कबहादुर तुम्बाम्पो (लिम्बू) र निजकी श्रीमती ६५ वर्षकी चन्द्रा तुम्बाम्पो (लिम्बू)ले बिहान जंगली च्याउसँग खाना खाएकाले र केही बेरमा उनीहरू बिरामी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकार तथा प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बताए। उनका अनुसार उनीहरूले उत्तिसको रूखमा भएको च्याउ ल्याई खाएका थिए। प्रनि लुंगेलीले उनीहरूलाई जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई उपचार गरिएको बताए। उपचारको क्रममा श्रीमान् हर्कबहादुरको भने मुटुमा समस्या आएकाले सुविधासम्पन्न ठाउँमा उपचारका लागि जिल्ला अस्पतालले रेफर गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖