• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको चौथो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि तेस्रो विकेट कुशल भुर्तेलले नै लिए ।

यसअघि भुर्तेलले आक्रामक खेलीरहेका जोनसन चाल्र्सलाई दोस्रो विकेटका रुपमा क्याचआउट गराएका थिए । उनले केवल ३० बलको सामना गरी ६ छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट भए ।

नेपालका लागि पहिलो विकेट प्रतिस जिसीले लिएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमै वेस्ट इन्डिजका ओपनर एलिक एथेन्जलाई सन्दीप जोराको हातबाट क्याटआउट गराए ।

चौथो खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । सिरिजको तीन खेलको समाप्तीमा वेस्ट इन्डिज ‘ए’ ले २–१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएपनि त्यसपछि लगातार दुई खेलमा पराजित भयो । दोस्रो खेल १० रनले गुमाएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖