• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले १० ओभरमै हान्यो १०१ रन


  • धनकुटा खबर
  • .

नेपालविरूद्धको चौथो टी-२० मा वेस्ट इन्डिज ‘ए’ ले १० ओभरमा २ विकेटको क्षतिमा १०१ रन जोडेको छ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ५८ रन जोडेर आउट भए। दशौं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे। उनलाई नेपालका कुशल भुर्तेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।

त्यसअघि दोस्रो ओभरमै ओपनर एलिक एथानाजलाई प्रतिश जिसीले सन्दीप जोराको हातबाट ५ रनमा आउट गरे ।

अहिले आन्द्रे फ्लेचर र केसी कार्टी ब्याटिङ गरिरहेका छन्।

पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।

नेपालले आगामी टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेलिरहेको छ।

सिरिज सकिएपछि नेपाल विश्वकपको तयारी गर्न वेस्ट इण्डिज नै जानेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖